स्नातक तह (Bachelor’s degree) पढ्न जानका लागि दिन मिल्ने परिक्षाहरु
अमेरिका पढ्न जाने धेरै विद्यार्थी SAT दिने कि IELTS दिने कि TOEFL दिने भनेर झुकिएका देखिन्छन्। त्यही अनिश्चितता को समाधानका लागि, यस पेजमा अमेरिका मा स्नातक तह (Bachelor’s degree) पढ्न जानका लागि दिन मिल्ने परीक्षा हरु को बारेमा चर्चा गरिएको छ।
१. SAT
SAT अंग्रेजी र गणित विषयको परीक्षा हो। एउटा विद्यार्थीले कति छात्रवृत्ति पाउँछ भन्ने कुरा प्राय रुपमा SAT ले निर्धारण गर्दछ। सन् २०२० देखी कोरोनका कारण धेरै कलेज र विश्वविद्यालयले SAT लाई वैकल्पिक बनएका छन्|
खण्डहरू: ३ (Reading, Writing, Mathematics)
पुर्णांक: १६००
समय अवधि : ३ घण्टा
SAT कसले दिने: स्नातक तहका लागि जान खोजेका विद्यार्थी
२. ACT (American College Test)
यस परीक्षा ले स्नातक तहका लागि जान खोजेका विद्यार्थीहरु को तैयारी आकलन गर्दछ ।
खण्डहरू: ४ (English, Mathematics, Reading, Science)
पुर्णांक: ३६
समय अवधि : २ घण्टा ५५ मिनेट
ACT कसले दिने: स्नातक तहका लागि जान खोजेका विद्यार्थी
३. IELTS (International English Language Testing System)
IELTS अंग्रेजी भाषाको परीक्षा हो। यो परीक्षा प्रमुख रुपमा बेलायत जान इछुक मानिसका लागि हो तर पनि अमेरिका का थुप्रै कलेज तथा विश्वविद्यालयले यसलाई मान्यता दिंदै आएको छ। तथापि, अमेरिका का धेरै कलेज तथा विश्वविद्यालयले अंग्रेजी राम्रो भएको प्रमाण दिन सक्ने कागजपत्र भएको खण्डमा IELTS दिनु नपर्ने उल्लेख गरेका छन्।
खण्डहरू: ४ (Listening, Reading, Writing, Speaking)
पुर्णांक: ९
समय अवधि : ३ घण्टा (अनुमानित)
४. TOEFL (Test of English as a Foreign Language)
TOEFL अमेरिका का सबै भन्दा धेरै मान्यता पाएको अंग्रेजी भाषाको परीक्षा हो। यो एउटा विद्यार्थी को अंग्रेजी भाषाको ज्ञान मापन गर्ने परीक्षा मात्रै हो र कलेज पाउने वा नपाउने विषयमा भने यसको भूमिका नरहेको पाईन्छ।
खण्डहरू: ४ (Listening, Reading, Writing, Speaking)
पुर्णांक: १२०
समय अवधि : ३ घण्टा (अनुमानित)
५. PTE (Pearson Test of English)
PTE पनि IELTS र TOEFL जस्तै अंग्रेजी भाषाको परीक्षा मात्रै हो र यो परीक्षा भने कम्प्युटरमा दिनु पर्दछ। यसलाई पनि अमेरिका का धेरै कलेज तथा विश्वविद्यालयले मान्यता दिएका छन्|
खण्डहरू: ३ (Speaking & Writing, Reading and Listening)
पुर्णांक: ९०
समय अवधि : ३ घण्टा (अनुमानित)
६. Duolingo
Duolingo पनि अंग्रेजी भाषाको परीक्षा मात्रै हो र यो भने घर मै अन्लाईन दिन मिल्दछ। यो परीक्षा अरु अंग्रेजी भाषाको परीक्षा हरु भन्दा सस्तो भएका कारण लोकप्रियता प्राप्त गरिरहेको छ।
खण्डहरू: २ (Adaptive Test and Video Interview)
पुर्णांक: १६०
समय अवधि : १ घण्टा (अनुमानित)
Add Your Heading Text Here
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.